लुम्बिनी । रुपन्देहीमा कोरोना संक्रमित २ जनाको आज बिहान ज्यान गएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत १ महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको ज्यान गएको हो ।
मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिएका छन् । मधुमेहबाट पीडित रहेकी ती महिलाको उपचारका क्रममा आज बिहान ५ः१५ बजे ज्यान गएको डा. गौतमले जानकारी दिएका हुन् ।
यस्तै कोरोना संक्रमण भएर ७ दिनदेखि होम आइसुलेशनमा बसेका तिलोत्तमाका नगरपालिका–२ मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै ज्यान गएको छ । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखीएपछि उपचारका लागि क्रिमसन अस्पताल पु¥याइएको र उपचारका क्रममा ज्यान गएको बताइएको छ । रासस