पोखरा । नेपालमा थप ३ हजार ९३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप ३ हजार ९३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।
हाल नेपालमा ४१ हजार ७ सय ७५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १३ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा २ हजार १ सय ८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाले ज्यान गुमाएका छन् । यससंगै कोरोानबाट ज्यान गुमाउनेको कुल संख्या ७ सय ६५ पुगेको छ ।