पत्रकारलाई खाममा पैसा बाँड्दै शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई खाममा पैसा बाँड्दै हिँडेको खुलासा भएको छ ।

काठमाडौंमा पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ लिएर उनका स्वकिय सचिव भरत तिवारी मिडिया हाउसहरुमा पुग्ने गरेका छन् ।
कोरोना महामारीका कारण बाहिर भेटघाट बन्द भएको भन्दै तिवारीले मिडियाकर्मीलाई फोन गर्दै कार्यलयसम्म पैसा पुर्याउने गरेका छन् ।

काठमाडौंमा पत्रकारलाई खाममा पैसा बाँडेको घटना बाहिरिएपछि महामन्त्री कोइरालाको शैलीबारे सामाजिक सन्जालमा आलोचना सुरु भएको छ ।

केही पत्रकारहरुले उक्त पैसा नलिने भन्दै फिर्ता समेत गरेका छन् ।

कमेन्टहरु
Loading...