गायक पुरुषोत्तम न्यौपाने दम्पतिलाई कोरोना पुष्टि

पोखरा । नेपालका लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने दम्पतिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गायक न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू सहित आफ्नी श्रीमती भगवती न्यौपानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले आफन्तलाई कोरोना पुष्टि भएपछि आफू केही समयदेखि होम आइसोलेसनमा नै रहेको र आइतबार आफू सहित श्रीमतीलाई समेत कोरोनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

आफू र श्रीमतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै उनले सम्पर्कमा रहेकाहरुलाई रोग नलुकाएर होम आइसोलेसनमा बस्न, आफू र आफ्नो परिवार तथा समाजलाई बचाउन उनले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...