काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङ सरकारको प्रवक्ता तोकिएका छन् । बालुवाटार स्रोतका अनुसार आज सोमबारबाट नै लागु हुने गरेर मन्त्रीपरिषद्ले गुरुङलाई प्रवक्ता तोकिएको हो । वर्तमान नेकपा सरकारको प्रवक्ताका रुपमा तोकिएका गुरुङ चौथो हुन् । यस अगाडि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता रहेका थिए । गुरुङले गएको असोज २८ गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सञ्चार मन्त्रालयको जिम्मेवारी समेत पाएका थिए ।
