खुद्रा खुद्रामा निर्णय लिनुभन्दा भनिदिनुस् सरकार संख्या गन्ने बाहेक केही गर्दैन : गगन थापा

काठमाडौँ । प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको निर्णयमा कडा आलोचना गरेका छन् । उनले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको आलोचना गरेका हुन् ।
गर्दे सरकारको आलोचना गरेका हुन् ।

 

 

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले ट्विटरमा प्रधानमन्त्रीलाई समेत मेन्सन गर्दे संक्रमितको संख्या गन्नु बाहेक सरकारले केही नगर्ने जानकारी गराइदिन भन्दै सरकारलाई व्यङ्ग्य हानेका छन् ।

 

 

‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नू’ ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘हरेक दिन खुद्रा खुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेशनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’

 

कमेन्टहरु
Loading...