धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुषको आज बिहान ३ः०५ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारि दिएको छ ।
उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा असोज १९ गते भर्ना भएका थिए । उनी रक्तअल्पताबाट पीडित थिए ।