समाचार टिप्पणी
कोरोना कहरले थलिएका जनताको घाउमा मलमपट्टी लगाउनुको सट्टा अनेक बाहना देखाउदै दुईतिहाई नजिकको कम्युनिष्ट सरकार आफ्नो जिम्मेबारीबाट पन्छिदै गएको छ । यति ,ओम्नी लगायतका काण्डहरुको पृष्ठपोषक सरकारलाई भुँई मान्छेहरुको समस्याले कहिल्यै दुख्दैन । खाना र छाना नपाएर टँुडिखेलमा बितारा परेको जनतालाई खिसिटियुरि गर्दै हेलिकप्टरबाट पुष्पबृष्टी गर्न पनि पछि पर्दैन ।
कोरोना संक्रमण सुरुवाती चरणमा लकडाउन भएप्छि धेरै जनताको आजको दिनमा बिचल्ली भएको छ । जनताहरु खान नपाएर भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् । धेरैका रोजगारीका अबसरहरु खोसिएका छन् । धेरै व्यबसायीहरु उठ्नै नसक्नेगरि थलिएका छन् । यस्तो अवस्थामा जनतालाई राहत अनुभुति गराउनुको सट्टा सरकार बारबार अनेक डण्डा बर्षाउन लागिपरिरहेको छ । कहिले करको डण्डाले बर्साउछ त कहिले कोरोनाको डण्डाले हिर्काउछ ।
तिन तहका सरकारको तिनथरीका अभिब्यक्तिले जनताहरु हैरानीमा परेका छन् । केन्द्रिय सरकार भन्छ ,ढल्ने अवस्था नआउँदासम्म कोरोना परिक्षण नगर्नु , स्थानिय सरकार भन्छ पिसिआर रिपोर्ट नलिकन गाउँ नआउँनु । कोरोना कहरले थलिएको जनताले आईतबारबाट देशको अभिभाबक गुमाएको छ । कोरोनाको उपचार खर्च अब केहि पनि नगर्ने घोषणा गर्दै सरकारले जनताको ढाँड भाँच्न उद्धत छ ।
दशैँलाई दशा सम्झेर जनताहरु रन्थनिएको बेला सांसदलाई दशैँ भत्ता बाड्न भ्याउने सरकारले जनताको उपचार गर्ने कुराललाई प्राथामिकताबाट हटाएको कुरा समाचारबाट थाह पाएपछि मतदाताहरु आँफैले हालेको मत सम्झेर टाउको ठोकिरहेका छन् । जव घरमुली समस्याबाट देखाएर आत्महत्याको मनस्थिति बनाउँछ त्यो बेला परिवारका सदस्यहरुको विचल्ली हुने कुरा निश्चित भएझै अहिले सरकार जिम्मेबारीबाट भाग्दा जनताहरुको अबस्था झन दुखदायी बन्ने कुरालाई कसैले रोक्न सक्दैन ।