कास्कीमा समानुपातिकको मतगणना शुरु

सागर राज तिमिल्सिना
पोखरा, ७ मंसिर /प्रत्यक्ष तर्फको मतगणना सकिएपछि कास्कीका चारवटै क्षेत्रमा समानुपातिकतर्फ झरेका मतहरु गणना गर्ने काम शुरु भएको छ । दिउँसो १२ बजेदेखि कास्कीको चारवटै क्षेत्रमा मतगणना शुरु भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

चारवटा क्षेत्रमा झरेका समानुपातिक तर्फको मत छुट्टाछुट्टै चार स्थानमा गन्न शुरु गरिएको निर्वाचन कार्यालय कास्कीका प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् । केहि समयमा कास्कीमा झरेका समानुपातिक मतको पहिलो चरणको नतिजा सार्वजनिक हुने उनले बताएका छन् ।

कास्कीका चारवटा क्षेत्रमा भएको प्रत्यक्षतर्फको मतगणनाको आधारमा क्षेत्र नम्बर १ र २ मा काँग्रेसका उम्मेदवार विजयी भए । त्यस्तै क्षेत्र नम्बर ३ र चारमा एमालेका उम्मेदवारहरुले सफलता प्राप्त गरे । एनेकपा माओबादीले भने कास्कीको कुनै क्षेत्रमा पनि विजयी नतिजा निकाल्न सकेन ।

कमेन्टहरु
Loading...