कास्कीमा कांग्रेस एमालेले क्षेत्र बाढे, १ र २ मा कांग्रेस, ३ र ४ मा एमाले

गोकुल बानीया /पोखरा ७ मंसिर । कास्कीमा एकिकृत माओबादीको बिरासत ढाल्दै कांग्रेस एमालेले क्षेत्र बाढेका छन् । ४ निर्बाचन क्षेत्र मध्य यी दुई पार्टीले दुई ÷दुई क्षेत्रमा बिजत हात पारेका छन् । कास्कीको क्षेत्रनम्बर १ र २ मा कांग्रेसले जितेको छ भने ३ र ४ मा एमालेले पकड जमाएको छ । कास्कीको निर्बाचन क्षेत्रनम्बर १ मा नेपाली कांग्रेसले बाजी मारेको छ । कांग्रेस कास्कीका सभापति समेत रहेका यज्ञ बहादुर थापाले एमाले जिल्ला अध्यक्ष समेत रहेका मान बहादुर जिसीलाई २ सय ७२ मत अन्तरले हराएका छन् ।
थापाले १५ हजार ८ सय ३२ मत ल्याउदा जिसी १५ हजार ५ सय ६० मतमा सिमित भए । पहिलो संबिधानसभा निर्बाचनमा १ नम्बर क्षेत्रमै तेस्रो स्थानमा झरेका थापाले जित संगै यस अघिको हार बिर्साएका छन् । कांग्रेसकै उमेदवार सारदा पौडेलले पनि २०६४ सालको हारलाई बिर्साउदै एमालेका कृष्ण थापालाई ३ सय ४४ मतले हराएकी छिन् । पौडेलले ११ हजार ६ सय ६१ मत ल्याएकोमा थापाको पक्षमा ११ हजार ३ सय १७ मत परेको छ । एमाओबादीका बखानसिंह तमुले ५ हजार ६ सय ४ मत प्राप्त गरेका छन् ।
अघिल्लो संबिधानसभा निर्बाचनको जित दोहो¥याउने क्रममा एमालेका रबिन्द्र अधिकारीले निकटतम प्रतिद्धन्द्धी कांग्रेसका सभोभियत बहादुर अधिकारीलाई २ हजार २ सय २२ मतले हराएका हुन् । उनले १३ हजार एक सय १० मत ल्याएका छन् भने कांग्रेसका अधिकारीले १० हजार ८ सय ८८ मत प्राप्त गरेका छन् । एकिकृत माओबादीका रामजी बरालले ४ हजार ४ सय ३० मत प्राप्त गरे ।
रबिन्द्र अधिकारी पहिलो संबिधान सभा निर्बाचनमा पनि क्षेत्रनम्बर ३ बाटै १३ हजार ३ सय ८६ मत सहित बिजयी भएका थिए । कुल ४१ हजार २ सय १८ मतदाता खसेको ३२ हजार ५४ मतमा एक हजार ४६ मत बदर भएका छन् र ३१ हजार ८ मत मात्र सदर भएका छन् ।
त्यस्तै कास्कीको निर्वाचन क्षेत्रनम्बर ४ मा एमाले नेतृ सिता गिरी बिजयी भएकी छिन् । अघिल्लो संबिधानसभा निर्बाचनमा ब्यहोरेको हार बिर्साउदै उनले १५ हजार ४ सय ३८ मत सहित देशभरबाट पहिलो बिजयी महिला उमेदवार भएकी हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका महादेब गुरुङले १३ हजार एक सय ४७ मत प्राप्त गरेका छन् भने एमाओबादीका गुप्त बहादुर हमालले ७ हजार एक सय ८३ मत ल्याएका छन् ।
गिरी २०६४ सालको संबिधानसभा निर्बाचनमा एकिकृत माओबादीकी दुर्गा बिक संग पराजित भएकी थिइन् । ४३ हजार एक सय ६२ मतदाता रहेको ४ नम्बर क्षेत्रमा ४० हजार ९ सय १९ मत खसेको थियो । जस मध्य एक हजार ९ सय ९५ मत बदर भई ३८ हजार ९ सय २४ मत मात्र सदर भएको छ ।
यसअघि ३ क्षेत्रमा जित हात पारेको एमाओबादी यो पटक प्रतिश्पर्धामा समेत अघि आउन सकेन । कास्कीका चारै क्षेत्रमा तेस्रो स्थानमा झरेको एमाओबादीको बिरासत यो मत परिणमले गुमाएको छ । कांग्रेस नेतृ पौडेल र एमालेकी गिरीको जित संगै कास्कीको चार क्षेत्र मध्य दुई महिला उमेदवार निर्बाचन भएका छन् ।

कमेन्टहरु
Loading...