कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ सय ३९ पुग्यो, थप २९ सय ४२ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप २ हजार ९ सय ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप २ हजार ९ सय ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । हाल नेपालमा ३९ हजार ३ सय ४१ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा १४ हजार ८ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको थियो । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ३ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

हाल नेपालमा ३ सय १ जनाको आइसियु तथा ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १२ जनाको ज्यान गएको छ । यससंगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या नेपालमा ७ सय ३९ पुगेको छ ।

कमेन्टहरु
Loading...