शुक्रबारदेखि यसवर्षको मनसुन बाहिरिएसँगै मौसम घमाइलो

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते अर्थात १२ जुन देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ ।

 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते अर्थात् अक्टोबर १० नै बहिर्गमन भएको थियो ।

 

शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।

कमेन्टहरु
Loading...