रेमडेसिभिर आयात तथा बिक्रीमा सरकारले दियो स्वीकृति, स्वास्थ्य संगठन भन्छ–प्रभावकारिता न्यून

काठमाडौँ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विश्वभर विभिन्न प्रयास भइरहेपनि असफल भएका छन् । कोरोना भाइरसविरुद्धको खोपलाई महामारीको एक मात्र प्रभावकारी विकल्पका रुपमा हेरिएको छ।

 

 

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार अहिले १ सय भन्दा बढी खोपहरु विकासको क्रममा छन् । त्यसमध्ये केही मानवीय परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।

 

 

खोप नबन्दासम्मका लागि संक्रमितको ज्यान जोगाउनका लागि भएका केही औषधिहरुको प्रयोग तथा त्यसको प्रभावकारिताको परीक्षण भइरहेको छ । संक्रमणबाट गम्भीर समस्या देखिइ अस्पताल भर्ना भएका बिरामीलाई रेमडेसिभिर मलेरियाविरुद्धको औषधि प्रयोग हुँदै आएको थियो र छ ।

 

 

यो औषधि कोरोना संक्रमितको ज्यान जोगाउनका लागि प्रभावकारी रहेको विगतका केही अध्ययनले देखाएका थियो । सोही आधारमा नेपाल सरकारले पनि रेमडेसिभिरको प्रयोगका लागि स्वीकृति दिइ त्यस अनुसार काम गरिरहेको छ ।

 

 

हालै सरकारले कोरोना भाइरस कोभिड–१९ को उपचारमा प्रयोग हुने रिमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन् ।

 

 

उनका अनुसार नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेमडेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको हो ।

 

 

तर नेपालले रेमडेसिभिर आयात तथा बिक्रीका लागि अनुमति दिनु र डब्लुएचओले सो औषधिको प्रभावकारिता शून्य वा अति न्यून रहेको बिस्तारित अध्ययन प्रतिवेदनको निष्कर्ष सार्वजनिक गर्नु लगभग सँगै जस्तो भएको छ ।

 

 

डब्लुएचओले रेमडेसिभरसहितका औषधिको प्रभावकारिता शून्य वा अति कम देखिएको जानकारी बिहीबार सार्वजनिक गरेको हो भने नेपाल सरकारले सो औषधि आयात तथा बिक्रीका लागि तीन कम्पनीलाई अनुमति दिएको शुक्रबार जानकारी गराएको हो ।

 

 

आफ्नो संयोजनमा भएको परीक्षणमा रेमडेसिभर, हाइड्रोक्सिक्लोरोक्वीन, लोपिनाभिरररितोनाभिर र इन्टरफेरोन रेगिमेन्सको प्रभावकारिता कोरोना भाइरस संक्रमितको उपचारमा अति कम वा शून्य देखिएको डब्लुएचओले जनाएको छ ।

 

परीक्षणमा अस्पताल भर्ना भएका संक्रमितको अस्पताल बसाई वा २८ दिन भित्र हुने मृत्युदरमा कमी यी औषधि प्रयोग गर्दा शून्य वा अति कम प्रभाव देखिएको डब्लुएचओले जनाएको छ ।

 

३० भन्दा बढी देशमा यी औषधिको प्रयोग गरी अस्पताल भर्ना भएका कोरोना संक्रमितको मृत्युदर, भेन्टिलेटरको आवश्यकता र अस्पताल बसाईमा कस्तो प्रभाव पर्छ भनि हेरिएको थियो । तर यी औषधिको प्रभाव नदेखिएको हो ।

कमेन्टहरु
Loading...