पोखरा । ५ वर्ष अगाडिबाट पोखरामा सञ्चालनमा आएको लाइफकेयर डाइग्नोस्टिक प्रालिले कोरोना भाइरसको पिसिआर परीक्षण सुरु गरेको छ । प्रदेशकै १ मात्र ‘क’ वर्गको उक्त ल्याबले नेपालमा नै पहिलोपटक निजीस्तरबाट पिसिआर परीक्षण सुरु गरेको हो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतको नेसनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाल उक्त ल्याबले मानयता प्राप्त गरेको छ ।
ल्याबका सञ्चालक डा.अमर नागिलाका अनुसार पिसिआर परीक्षणका लागि १ करोडभन्दा बढी लगानी थप गरेको छ । ‘हामीले पिसिआर परीक्षणका लागि भनेर १५ जना जनशक्ति पनि थप गरेका छौं ।’ उनले भने ।
ल्याबमा १ पटकमा ९६ वटा नमुना परीक्षण गर्न सकिने किसिमको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन राखिएको छ ।
ल्याबमा बिहान ७ बजेबाट साँझ ७ बजेसम्म करिब ३ सय स्वाब परीक्षण गर्न सकिने छ । आवश्यकता अनुसार २४ घण्टा नै ५ सय बढी परीक्षण गर्न सकिने प्रवन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिएका छन् ।
गण्डकी प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै पिसिआर परीक्षणका लागि २ हजार रुपैयाँ कायम गरिए उनले बताए ।