भ्रष्टाचार गरिएको भट्टराईको दावीमा सत्यता छैन – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लगाएको आरोपको खण्डन गरेका छन् । आफू तथा अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको भन्दै उनले डा. भट्टराईको खण्डन गरेका हुन् ।

६५ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू सहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, तथा शेरबहादुर देउवाले बुढीगण्डकी जनविद्युत् आयोजनाको ९ अर्ब भ्रष्टाचार गरेको भन्दै गलत प्रचारमात्र गरिएको बताएका हुन् ।

केही दिन अगाडि डा भट्टराईले प्रचण्ड, ओली तथा देउवाले आयोजना निर्माण क्रममा ९ अर्ब भ्रष्टाचार गरेको र त्यसको प्रमाण आफूसंग रहेको बताएका थिए ।

कमेन्टहरु
Loading...