पोखरा, ४ मंसिर/संविधानसभाको दोस्रो निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। नेकपा माओवादीको बहिष्कार र चक्काजाम तथा आक्रमणका घटनाका बाबजुद देशभरि नै मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार देशभरिबाट ७० प्रतिशत मत खसेको छ। मंगलबार साँझ प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार प्रारम्भिक जानकारीअनुसार देशभरिबाट ७० प्रतिशत मत खसेको छ। ुइतिहासकै सबैभन्दा बढी मत खसेको छ, प्रतिशत अझै बढ्नसक्छ।ु देशभरिबाट १८४५६ मतदान केन्द्रमध्ये जुम्लाको देपालगाउँमा एउटा मतदान केन्द्रमात्र मतदान स्थगित भएको छ।
उप्रेतीले रौतहट, डोल्पालगायत जिल्लामा ८० प्रतिशतभन्दा बढी मत खसेको जानकारी गराए। उनका अनुसार रोल्पाको थवाङमा भने एकै मत खसेन। ुहामीले यसलाई अपवादका रुपमा लिएका छौं,ु उनले भने। उनले एक साताभित्र प्रत्यक्षतर्फको नतिजा र दस दिनभित्र सबै नतिजा आइसक्ने जानकारी गराए।