पोखराका ३० सहित गण्डकी प्रदेशमा थपिए ९७ संक्रमित

पोखरा/पछिल्लो गण्डकी प्रदेशमा पोखरा कोरोना संक्रमणको हब बन्दै गएको छ । आज विहान मात्र पोखरामा ३० जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । भने गण्डकी प्रदेशभरी थप ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरामा संक्रमित भएकाहरु मध्ये गण्डकी मेडिकल कलेज र चरक मेमोरियल अस्पतालबाट स्वाब झिकिएकाहरु स्वास्थ्य निर्देशनालयले बताएको छ ।


निर्देशनालयका अनुसार बागलुङका ५१ जना,लमजुङका ३ जना,नवलपरासी पुर्वका ६ जना र गोरखाका ७ जना गरि ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । आजबिहान थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५२८४ पुगेको छ ।

कमेन्टहरु
Loading...