मन्त्रिमण्डल पुर्नगठनपछि लेखनाथको व्यंग्य: ‘गोरु ब्याएपछि ब्याउती खान पाइन्छ भनेर पत्याउने’

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेपछि तिव्र असन्तुष्टि सुरु भएको छ ।

पुर्नगठनमा पूर्व माओवादी समुहबाट कुनैपनि मन्त्रि परेनन् । पूर्व एमालेबाट तीन मन्त्रि थपिएपछि पूर्व माओवादीका नेता हाल नेकपा केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले फेसबुकमा प्रधानमन्त्रीलाई गोरु संज्ञा दिदैं व्यंग्य गरेका छन् ।

‘गोरु ब्याउँछ भनेर गफ दिने र गोरु ब्याएपछि ब्याउती खान पाइन्छ भनेर पत्याउने’ , न्यौपानेले लेखेका छन् । उनले ह्यासट्यागमा पूर्व माओवादी कार्यकर्ता भनेर समेत लेखेका छन् ।

न्यौपानेको स्टाटसले पूर्व माओवादी नेता तथा कार्यकर्ताको असन्तुष्टिलाई दर्शाएको छ ।

न्यौपानेको स्टाटसमा अधिंकाश पूर्व माओवादी कार्यकर्ताले उनको भनाइमा सर्मथन जनाएका छन् ।

 

कमेन्टहरु
Loading...