पोखरा । मकवानपुरको हैटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एकैपटक १ सय २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये सबैभन्दा धेरै हैटौंडा उपमहानगरपालिकाका रहेका छन् । उक्त महानगरपालिकाका मात्रै आज एकैपटक १ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
असोज २५ गते २ सय ६ जनाको स्वाब संकलन पश्चात् गरिएको परीक्षणका क्रममा १ सय २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७७ जना पुरुष तथा ४८ जना महिला रहेका छन् ।
संक्रमित हेटौंडा उपमहानगरपालिकाका १ सय ७ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, बाग्मती गाउँपालिकाका १४ जना रहेका छन् । त्यस्तै अन्य जिल्ला घर भएर हेटौंडा उपमहानगरपालिका बस्दै आएका ३ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।