नेपालमा कोरोनामुक्त जिल्ला मनाङमात्र, पछिल्लो पटक ९ जनाले ज्यान गुमाए, थप ४ हजार ४७ जना संक्रमित

पोखरा । नेपालमा थप ४ हजार ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप ४ हजार ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । हाल नेपालमा ३३ हजार ८ सय ८० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १४ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधीमा नेपालमा १ हजार ४ सय ७३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।

नेपालमा २ सय ७९ जनाको आइसियु तथा ६७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । हाल नेपालमा मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, बाँके, रुपन्देही तथा सुर्खेत जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित छन् । त्यस्तै कोरोनामुक्त जिल्ला यो अवधीमा मनाङ मात्र रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा ९ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा २ महिला तथा ७ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टाको अवधीमा काठमाडौंकी ७१ वर्षीय तथा चितवनकी ४० वर्षीय महिलाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

सुनसरीमा आज ३ जना पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । जिल्लामा ३७, ८९ तथा ९० वर्षीय पुरुषले यो अवधीमा ज्यान गुमाएका हुन् । काठमाडौंमा पछिल्लो २४ घण्टाको अवधीमा २ जनाको ज्यान गएको छ । ६३ र ६७ वर्षीय पुरुषले कोरोनाबाट ज्यान गुमाएका हुन् ।

त्यस्तै ललितपुरका ५० वर्षीय, तथा रुपन्देहीका ७४ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधीमा ज्यान गएको छ ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ६ सय ४५ जना पुगेको छ ।

कमेन्टहरु
Loading...