विराटनगरमा ३७ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा ३७ वर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरका अनुसार बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको हो ।

 

पुरुषको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारका लागि आइतबार साँझ ६ः२५ बजे नोबेल ल्याइएका उनलाई राति १२ बजे कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

 

 

दुवै मृगौला फेला भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ४ पुगेको छ ।

कमेन्टहरु
Loading...