पोखरा । शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई लक्षण सहितको कोरोना संक्रमण देखिएको छ ।
पोखरेललाई पाटन अस्पतालको आइशोलेसनमा राखिएको छ ।
शनिबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल पुगेका पोखरेललाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईलाई पनि कोरोना देखिएको थियो।