पोखरा । नेपालमा थप २ हजार ७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप २ हजार ७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।
हाल नेपालमा ३१ हजार ३ सय १५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १ हजार ५ सय ५२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।
हाल नेपालमा ३ सय २९ जनाको आइसियु तथा ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही तथा सुर्खेतमा ५ सयभन्दा धेरै सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै नेपालमा मनाङ र मुस्ताङ कोरोना संक्रमित सुन्य भएको जिल्ला हो ।
पछिल्लो २४ घण्टाको अवधीमा कोरोना भाइरस संक्रमणबाट थप २२ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा १७ जना पुरुष तथा ५ जना महिला रहेका छन् ।
कोरोना भाइरस संक्रमणबाट मकवानपुरकी ८५ वर्षीय, चितवनकी ७५ वर्षीय, काठमाडौंकी ६६ वर्षीय, धनकुटाकी ६१ वर्षीय तथा सुनसरीकी ६२ वर्षीय महिलाको ज्यान गएको छ ।
त्यस्तै यो अवधीमा कोरोना भाइरस संक्रमणबाट सुनसरीका ६५ वर्षीय तथा सर्लाहीका ३८ वर्षीय पुरुषको ज्यान गएको छ । काठमाडौंका ४ जनाले कोरोनाबाट पछिल्लो पटक ज्यान गुमाएका छन् । उनीहरु ६०, ७०, ७५ र ८३ वर्षीय पुरुष हुन् । ललितपुरका ४९ तथा भक्तपुरका ४४ र ५७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधीमा ज्यान गएको छ । नुवाकोटका ७७ वर्षीय वृद्धको कोरोनाबाट ज्यान गएको छ ।
यस्तै चितवनका उमेर नखुलेका १ जना, ४७ वर्षीय तथा ९८ वर्षीय पुरुष गरेर ३ जनाको कोरोनाबाट ज्यान गएको छ । त्यस्तै सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुषले कोरोनाबाट ज्यान गुमाएका छन् । यता रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ६ सय ३६ पुगेको छ ।