काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसमितिको संख्या बढाएर ७ सय २७ पु¥याएको छ । पार्टीले ४ सय सदस्य थप गरेको हो । यसभन्दा अगाडि केन्द्रीय कार्यसमितिमा ३ सय २७ जना रहेका थिए । निर्वाचान आयोगले एकीकृत पार्टीलाई मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति विस्तार गरेको पार्टीले जानकारी दिएको छ । पार्टीको विधान अनुसार नै अध्यक्षत्रयको सहमतिमा केन्द्रीय कार्यसमिति विस्तार गरिएको हो ।
राप्रपाले अब आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारी पनि सुरु गर्ने भएको छ । त्यसका लागि पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन गरिसक्ने निर्णय गरेको छ ।