चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको निधन

पोखरा । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमणबाट १ जनाको ज्यान गएको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २० का ६९ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट आज बिहान साढे ११ बजेको समयमा ज्यान गएको अस्पताल स्रोत जानकारी दिएको हो ।

असोज १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भए पछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । होम आइसोलेसनमा बस्दै गर्दा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनी असोज २३ गते अस्पतालको कोभिड १९ आइसियुमा भर्ना भएका थिए ।

उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी निमोनिया तथा हाइपरटेन्सन लगायतका समस्याबाट पनि ग्रसित थिए ।

कमेन्टहरु
Loading...