सरकारविरुद्ध २० वटा राजनीति संगठनले संघर्ष गर्ने, विप्लव समूह समेत सहभागी हुँदै

काठमाडौं । वर्तमान केपी ओली सरकारले राष्ट्रघात तथा जनघात गरेको निष्कर्ष निकाल्दै २० वटा राजनीतिक संगठनले संयुक्त रुपमा सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व निकटको मोर्चा सहित आन्दोलनका विभिन्न कार्यक्रमको आयोजना गरिने देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले जानकारी दिएका छन् । संघर्षको कार्यक्रम अन्तरगत असोज २९ गते सरकारविरुद्ध ‘सशक्त’ विरोध प्रर्दशन गर्ने भएको छ । सो दिन उक्त कार्यक्रम दिउँसो १ बजे माइतीघर मण्डलामा हुनेछ ।

कोरोना भाइरस संक्रमणको रोकथामका नाममा सरकारले गरेको भ्रष्टाचार, एमसिसी खारेज, विप्लव नेतृत्वको पार्टीलाई सरकारले लगाएको प्रतिबन्ध लगायतको विरोध गरिने छ । विरोध कार्यक्रममा स्वास्थ्य सावधानी भने अपनाइने गजुरेलले जानकारी दिएका छन् ।

२० वटा संगठनहरुले समय सान्दर्भिक रुपमा स्थानीयस्तरमा समेत सरकारविरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ । संयुक्त आन्दोलनमा राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), नेकपा (मसाल), देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जागरण मञ्च, नेकपा (क्रान्तिकारी माओवादी) लगायत सहभागी हुनेछन् ।

कमेन्टहरु
Loading...