काठमाडौं । विगत २८ दिनदेखि अनसनमा रहेका डा.गोविन्द केसीले आफ्नो १९ औं अनसन तोडेका छन् । उनले त्रिवि शिक्षण अस्पतालका कार्यरत सफाई कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
नेपाली कोरोना संक्रमण भएर निको भएका व्यक्ति हुन् । डा.केसी तथा सरकारबीच शनिबार अबेर राति ८ वटा बुँदामा सहमति भएको थियो ।
डा केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट १९ औं अनसन सुरु गरेको भए पनि उनलाई ८ औं दिनमा काठमाडौं ल्याइएको थियो । चिकित्सा शिक्षामा सुधार सहित उनले विभिन्न मागहरु सरकार समक्ष राखेका थिए ।