काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सुनसरीमा थप २ जनाको ज्यान गएको छ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुहबी नगरपालिकाका ६५ वर्षीय पुरुष तथा धरान उपमहानगरपालिका ८ की ६२ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।
दुहबीका पुरुषको कोरोना भाइरस संक्रमणबाट आइतबार बिहान ३ बजेर ५० मिनेट जाँदा ज्यान गएको हो । उनलाई उच्च रक्तचाप तथा निमोनियाबाट ग्रसित थिए । उनको प्रतिष्ठानको कोभिड १९ अस्पतालमा असोज १५ गतेबाट उपचार भइरहेको थियो ।
यस्तै धरान उपमाहानगरपालिकाकी ६२ वर्षीय महिलाको शनिबार राति ८ बजेको समयमा ज्यान गएको हो । उनी असोज २१ गते कोरोना भाइरस संक्रमण पुष्टि भए पछि २२ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएकी थिइन् । उनी फेक्साको दीर्घ रोगी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।