पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार स्वाब परिक्षण गराएका उनको कोरोना पोजेटिभ रिर्पोट आएको हो ।

भट्टराईले आफ्नो फेसबुकमार्फत जानकारी दिदैं लेखेका छन्,’ गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु।’

हालसम्म हल्का ज्वोरो बाहेक अरु समस्या नदेखिएको उनले बताएका छन् ।

 

कमेन्टहरु
Loading...