चितवन । चितवनमा होम आइसोलेसनमा बसेका १ जना वृद्धको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २० माइलीचोकका ६७ वर्षीय वृद्धको होम आइसोलेसनमा नै शुक्रबार राति ९ बजे ज्यान गएको हो । असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा उनलाई २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । क्यान्सरबाट पीडित उनले नियमित उपचारका क्रममा स्वाब दिएका थिए ।
