बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोहलपुर नगरपालिका– ९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा शुक्रबार मृत्यु भएको हो । असोज १३ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका उनलाई २१ गते राति भेरी अस्पतालमा लगिएको थियो ।

प्लाज्मा थेरापी पनि गरिएका उनको शुक्रबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

कमेन्टहरु
Loading...