काठमाडौं । सरकारले दशैंमा आर्शिवाद लिने नाममा यात्रा नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सरकारका प्रवक्ता डा. जागेश्वर गौतमले फोन वा अनलाइनबाटै आशीर्वाद लिन अपिल गरे ।
‘आशीर्वाद लिने क्रममा यात्रा नगरौं र धेरै बूढापाकासँग गएर यसपटक टीका नलगाऔं । अनलाइन वा फोनबाट आशीर्वाद लिऔं,’ उनले भने।
डा.गौतमले घरमै बसेर पनि धुमधामले दशैं मनाउन आग्रह गर्दै सपिङका नाममा भीडभाड नगर्न पनि अपिल गरे ।