काठमाडौं । साझा पार्टीकी केन्द्रीय सदस्य रहेकी मानवी पौडेलले साधारण सदस्य समेत नरहने गरेर पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आज बिहान पौडेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पार्टी परित्याग गरेको जानकारी गराएकी हुन् ।
‘साझा पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट अगल हुने निर्णय गरेको छु । पार्टीको स्थापनाकालदेखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ ।’ उनले आफ्नो ट्वीटरमा लेखेकी छिन्, ‘पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथीहरु र अग्रज नेताहरु सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु ।’
पौडेलको निकटता पार्टीमा रहँदा मुमाराम खनाल तथा सूर्यराज आचार्यसंग बढी थियो । दुवै जनाले साझा पार्टी परित्याग गरिसकेका छन् ।