महानगरको प्रज्ञा परिषद्मा एकलौटी गरेको भन्दै खारेजीको माग

पोखरा । पोखरा महानगरपालिकाले गठन गरेको प्रज्ञा परिषद् मा एकलौटी गरिएको भन्दै नेपाली कांग्रेस कास्कीसहितका दलहरुले विरोध जनाएका छन् ।

कांग्रेससहित जनता समाजवादी पार्टी , राप्रपा , नेकपा क्रान्तिकारी , जागौं पोेखरा अभियान , सार्वजनिक बौद्धिक मञ्च र नेपाल श्रमजिवी पार्टीले  बुधवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठान नियुक्तीमा कास्कीमा आवद्ध राजनीतिक दलहरुसंग कुनै छलफल नै नगरि गठन गरिएको परिषद् खारेजीको माग गरेका हुन् ।

यस्तै अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग समेत गरिएको छ ।

डाक्टर केसीको  माग पुरा गर्नका लागी अभियान संचालन गरिरहेका संस्थाहरुको आन्दोलनलाई सार्थक बनाउन जनदवाब सिर्जना गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा नजिकिदै गरेको चाडवाडलाई मध्यनजर गर्दै विकृती विसंगति र कालोबाजारीको सचेतना कार्यक्रममा विभिन्न संस्था र राजनीतिक दललाई सहभागी गराउन समेत माग गरिएको छ ।

‘चाडवाडको व्यवस्थापन चुस्त दुरुस्त बनाउन शान्ति सुरक्षा कायम गर्ने ठोस नीति अवलम्न गर्न सर्वपक्षिय भेला बोलाइ जनताको दैनिकी र जीवनयापनलाई सर्वसुलभ बनाउन जोडदार माग गर्दछौं’ , विज्ञप्तीमा भनिएको छ ।

आफ्ना मागहरु एक हप्ता भित्र पुरा नभए कास्कीमा क्रियाशिल संस्था र राजनीतिक दल आन्दोलनमा उत्रन बाध्य हुने बताइएको छ ।

 

कमेन्टहरु
Loading...