पोखरामा लगातार चार विस्फोट

सागर राज तिमिल्सिना
पोखरा, ३ मंसिर । संबिधानसभा निर्बाचनको मतदान सुरु हुन ठिक ११ घण्टा अघि पोखरामा लगातार तीन बिष्फोट भएको छ । पोखराको नगरक्षेत्रमा दुई र लेखनाथको मुख्य चोकमा साझ ७ बजेपछि लगातार बिष्फोट भएको हो । मतदातालाई तर्साउन उद्देश्यले बम विष्फोटन गराएको प्रहरीले जानकारी दिएको छ ।
पोखराको लेकसाईडमा रहेको तालबाराही मतदान केन्द्र नजिकै, सृजनाचोक प्रहरी विट नजिक, बुद्ध चोक र तालचोकमा भएको श्रृङखलाबद्ध बिष्फोटबाट कुनै मानबिय क्षति भने भएको छैन ।
विष्फोटबाट घरका सिसाहरु फुटेको स्थानीयले बताएका छन् । यसअघि शुक्रबार काहुडाडा र शनिबार साझ सराङकोट ६ गुफाडाडामा सिलिण्डर बम बिष्फोटन भएको थियो । बाक्लो सुरक्षा तैनाथी भउको ठाउँ मै बिष्फोट भएपछि स्थानिय त्रसित भएका छन् ।

कमेन्टहरु
Loading...