डा.केसीका स्वास्थ्य अवस्था नाजुक बन्यो, उपचार गर्न मानेनन्

काठमाडौं । विभिन्न ६ बुंदे मागहरु राखेर विगत २४ दिनदेखि अनसन बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनको स्वास्थ्यस्थिति चिन्ताजनक अवस्थामा पुगेको चिकित्सकहरुले बताएका छन् । उनले अहिलेसम्म पनि कुनै औषधी लिन तथा उपचार गर्न मानेका छैनन् । डा.केसीको रक्तचाप अत्याधिक मात्रामा घटेको छ । उनको अहिलेको स्वास्थ्य अवस्था हेर्दा जुनसुकै बेला आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...