काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थ मन्त्रालयबाहेक अरू जिम्मेवारीमा आफू सरकारमा नजाने स्पष्ट पारेका छन्। पाण्डेले आफूलाई अहिलेसम्म मन्त्री बन्न कुनै प्रस्ताव नआएको समेत बताए।
स्रोतका अनुसार पाण्डेलाई सहरी विकास मन्त्री बन्न प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार राजन भट्टराईले फोन गरेका थिए।
अहिले तीन मन्त्रालय खाली छन्।अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैंले लिएका छन्। सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक मन्त्री वसन्त नेम्वाङलाई दिइएको छ।’ पाण्डे लाई केही दिनअघि बालुवाटारबाट सहरि विकास मन्त्रीको प्रस्ताव अाएको र उनले अस्वीकार गरेको स्रोतको दावि छ ।
आफूलाई प्रस्ताव आएको र मन्त्री बन्न लागेको भनेर समेत गलत हल्ला फिजाइएको पाण्डेको दाबी छ ।
‘मैले अर्थको जिम्मेवारी हुँदा जान्छु, नभए जान्नँ भनेर पहिला नै भनिसकेको छु। मलाई त्यस्तो प्रस्ताव केही आएकै छैन,’ पाण्डेले भने, ‘म अरू मन्त्रालयमा जादिनँ। अरू मन्त्री बन्न पर्यो भनेर प्रस्ताव पनि आएको छैन।’
पाण्डे २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा २० महिना अर्थ मन्त्री बनेका थिए ।