काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । भट्टराईले ट्वीटरमा लेख्दै डा केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका हुन् । डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै जादा पनि सरकारले वार्ताको पहलसमेत नगरेको डा भट्टराईको भनाइ छ ।
सरकारको यो बेवास्ताप्रति डा भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ?’
डा। भट्टराई थप लेख्छन्, ‘तुरुन्त वार्ता गर, समाधान खोज । डा केसी बाँच्नुपर्छ ।’
नेपाली उखान ‘मूर्खदेखि दैव डरा’ उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ । सबै चेतौं ’