बुटवल । प्रदेश ५ को प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरुले तोडफोड गरेका छन् ।
सोमबार दोस्रोपटक बसेको प्रदेश सभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई रोष्ट्रम तर्फ अगाडी बढ्दा सांसदहरुले अवरोध गरेका थिए ।
विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन् । बोल्ने माइक पनि तोडफोड गरे ।
अवरोधका बीच मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन्।