महिला हिंसाका घटना बढ्नुु चिन्ताको विषय हो : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताएका छन् ।

सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले विकाससम्बन्धी गलत नीतिले विपद्का घटना निम्त्याएको उल्लेख गरे । मुुलुकमा बाढी, पहिरो, डुुबान र चट्याङलगायतका घटनामा वर्षमा सरदर १ हजार व्यक्तिको मृत्यु हुनुका साथै आवास, पूर्वाधार र बालीनाली गरी अरबौंको क्षति हुँदै आएको छ ।

प्राकृतिक प्रकोप र विपद् जोखिमलाई न्यूनीकरण गर्न सहजताका लागि सरकारले आवश्यक ऐन, कानुन निर्माण भइसकेको उल्लेख गर्दै गृहमन्त्री थापाले भने, ‘औद्योगिक मुलुुकले लिएको विकाससम्बन्धी गलत नीतिले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तनमा आएको असरले अनेकौं विपद्का घटना निम्त्याएको छ ।’ प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षतिलाई न्युनीकरण गर्न जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेकामा उनले जोड दिए ।

महिला तथा दलितमाथि हुने उत्पीडनका घटना न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताउँदै गृहमन्त्री थापाले भने, ‘महिला सेलजस्तै प्रहरीमा दलित डेक्स बनाउने सोच अघि सारिएको छ, अघिल्ला वर्षको तुुलनामा महिलामाथि हुने बलात्कार र घरेलु हिंसाका घटना कोभिड–१९ को लकडाउनपछि बढेको छ, यो चिन्ताको विषय हो ।’

यसअघि बैठकमा सदस्यहरुले विकास भनेको सडकमात्र हो भन्ने बुुझाइ र विना गुरुयोजना हतारोमा सडक बनाउने कार्यले पहिरोका जोखिम निम्त्याएको सडक खन्ने कार्यलाई व्यवस्थित र योजनाबद्ध ढंगबाट अघि बढाउन सुुझाव दिएका छन् ।

कोरोनाका कारण देखिएको असहज परिस्थितिमा कैदी व्यवस्थापनमा देखिएको चाप घटाउन, जोखिममा अग्रमोर्चामा काम गर्ने चिकित्सक र सुरक्षा फौजको मनोबल बढाउन प्रोत्साहनको व्यवस्था गर्न तथा हिंसामा परेका महिलाको सहजरुपमा प्रहरीले उजुरी लिने व्यवस्था गर्न उनीहरुले गृहमन्त्रीसँग आग्रह गरेका थिए ।

जोखिमबस्ती स्थानान्तरणमा विशेष ध्यान पुु¥याउन पनि गृहमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुले ३ तहका सरकारबीच समन्वयका साथ काम गर्न तथा प्रभाव र पहुँचका आधारमा आयोजना छान्ने गलत प्रवृत्ति रोक्न सुुझाव दिएका छन् । रासस

कमेन्टहरु
Loading...