पोखरा । पोखरा महानगरपालिकामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप १० जनालाई पोखरामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा ६ की १८ वर्षीय १ जना महिला, वडा नम्बर ७ का १६ पुरुष र ७३ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा ९ का ५३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १० का ३ जनालाई संक्रमण पुष्टि भएको छ । १० वर्षीय बालक सहित ३३ वर्षीय महिला र ६८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखरा ११ का ४६ वर्षीय, १६ का ७२ वर्षीय तथा १७ का ५३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
आज बिहान समेत पोखरामा २६ जनालाई संक्रमण पुष्टि भएको थियो । पोखरामा अहिलेसम्मको तथ्यांक अनुसार आज ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यता तनहुँमा थप १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको आँबुखैरेनी १ का २० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार २ सय १३ पुगेको छ ।