गोरखा– एकीकृत नेकपा माओवादीका कार्यकर्ताले शनिवार राती तान्द्राङ गाविस– १ टारीफाँटमा नेपाली कांग्रेसका कार्यकर्ता तथा शिक्षक संघका पूर्व जिल्ला सचिव तारा पुडासैनीको घरमा आगजनी गरी क्षति पू¥याएका छन् । त्यस्तै एमाओवादी कै कार्यकर्ताले कांग्रेस धावा गाँउ पार्टी उपसभापति शिवप्रसाद लामिछानेलाई कुटपिट गरी घाईते बनाएका छन् । राती करिब दुई बजे एमाओवादीका करिब १५÷२० जनाको समुहले घरमा आगजनी र लामीछानेलाई आक्रमण गरेको हुन् ।
दुवै गाविसमा एकै समयमा घटना भएको प्रहरीले जनाएको छ । आगजनीबाट पुडासैनीको घर जलेर पूर्ण रुपमा क्षति भएको स्थानिय खडानन्द पुडासैनीले टेलिफोनमा जानकारी दिए । ‘११ बजे सम्म घरमा नै सुतेका थियौँ, सर घरमा हुनुहुन्थेन, बाहिर मान्छे हिडेको डरले छिमेकीको घरमा गएर सुत्यौँ’, ताराकी श्रीमती लिला कुमारीले भनिन’ ‘दुई बजे राती घरमा एक्कासी पटका पड्केको आवाजमा आगो लाग्न सुरु भयो ।’
आगजनीबाट घर भित्र रहेको अन्नपात, गहना, लत्ता कपडा, नगद, लालपुर्जा विद्यालयका काजगपत्र जलेर नष्ट भएको उनले जानकारी दिईन् । तारा गण्डकी उमावि धावाका प्रधानाध्यापक समेत हुन् । शनिवार धावा गएका उनी अहिले सम्म सम्र्पकमा नरहेको परिवारले जनाएको छ ।