गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ सय १९ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा थप १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कजेल चितवनमा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप १६ जनालाई संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये नवलपरासी (ब.सु.पू) का १२ जना रहेका छन् । जिल्लाको गैंडाकोट, मध्यविन्दु, कावासोती, हुप्सेकोट तथा बुलिङटारका रहेका छन् ।

तनहुँमा थप ४ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको आँबुखैरेनी, बन्दीपुर तथा देवघाटकालाई संक्रमित पुष्टि भएको हो । संक्रमितहरु मेडिकल कलेजको आइसोलेसन कक्षमा रहेका छन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार १ सय १९ पुगेको छ ।

कमेन्टहरु
Loading...