सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड १९) का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा संक्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिएका छन् । उनका अनुसार सर्वोच्चमा संक्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहेका छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत् इजलास सञ्चालन हुँदै आएका थिए ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आउनुभएको छ । न्यायाधीश डा शर्माको एकल इजलास मात्र सञ्चालनमा छ । सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी संक्रमित भएको र संक्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहेको जनाइएको छ । रासस

कमेन्टहरु
Loading...