पोखरा । पोखरा महानगरपालिकामा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा ५ की २९ वर्षीय महिला, १० की ५३ वर्षीय महिला तथा वडा नम्बर १७ का २६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ५ की संक्रमितले फेवा सिटी अस्पताल पोखराको फिभर क्लिनिकमा परीक्षण गराएकी हुन् । त्यस्तै पोखरा १७ का २६ वर्षीय पुरुष सि.आई.डब्लु.इ.सी हस्पिटल लेकसाइडमा कार्यरत छन् ।
आज बिहान समेत पोखरामा थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
म्याग्दीमा पनि १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ३ का हुन् । संक्रमित व्यक्ति कुवेतबाट आएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी फेदीखोला गाउँपालिकाका ५५ वर्षीय पुरुष हुन् । गाउँपालिका अन्तरगत उनी कति नमबर वडाका हुन् भन्ने खुलेको छैन ।
यता लमजुङका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको राइनास ६ का ४५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । उनी भारतबाट आएका हुन् । त्यस्तै राइनास कै वडा नम्बर २ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी ६८ वर्षीय पुरुष हुन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार १० पुगेको छ ।