विपी प्रतिष्ठानमा कोरोना संक्रमित २८ वर्षीय महिलाको मृत्यु

धरान । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ वर्षीय कोरोना भाइरस संक्रमित महिलाको ज्यान गएको छ । सुनसरीको इनरुवा ४ की उक्त महिलाको उपचार कै क्रममा आज बिहान साढे ४ बजेको समयमा ज्यान गएको हो ।

असोज ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । मृतक महिलामा कुनै किसिमको दीर्घ रोग नभएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...