कैलालीको गौरीगंगा नगरपालिकाका मेयरलाई कोरोना पुष्टि

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवा सहित नगरपालिकाका १३ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई संक्रमण पुष्टि भएपछि ८८ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा मेयर देउवा सहित १३ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ३ जना स्वास्थ्यकर्मी तथा अधिकृत समेत रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा नै बसेका छन् ।

कमेन्टहरु
Loading...