चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमणबाट १ जनाको ज्यान गएको छ । मकवानपुर जिल्लाको हेटौंडाका ७८ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणबाट आज बिहान साढे ७ बजे ज्यान गएको हो । उनलाई बिहीबार राति १० बजे चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालमा रिफर गरिएको थियो ।
निमोनिया तथा श्वासप्रश्वासमा जटिल समस्या देखिए पछि उनलाई भरतपुर अस्पतालको कोभिड आइसियुमा भर्ना गरेर उपचार गरिएको थियो । आइसियुमा राख्दा समेत स्वास्थ्यमा सुधार आउन नसकेपछि भन्टिलेटरमा राखेर उपचार जारी राख्दा आज बिहान उनको ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।