काठमाडौँ । अवैधानिक रुपमा बसिरहेका सात जना नेपाली युवालाई अमेरिकाले नेपाल फर्काएको छ। उनीहरुलाई अमेरिकाले विमान चार्टड गरेर बुधबार नेपाल झारेको हो ।
सात युवालाई बुधबार नेपाल ल्याइ पुर्याएको उक्त विमान एक दिनपछि बिहीबार मात्रै अमेरिका फर्केको छ। अमेरिकाले अवैधानिक रुपमा बस्ने गरेकाहरुलाई यसरी नै बेला बखत सम्बन्धित देशमा फिर्ता पुर्याउने गरेको छ।