पोखरा/देशभर कोरोना संक्रमणको दर बढ्दै पोखरामा पनि सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीमा मात्र कोरोना संक्रमितको ५८६ पुगेको छ भने पोखरामा मात्र संक्रमितको संख्या पाँच सय नाघेको निर्देशनालयले जनाएको छ ।
यसैगरी कास्कीसहित गण्डकी प्रदेशका जिल्लाहरु लमजुङमा ७३,गोरखामा ५०,तनहुँमा ८८,नवलपरासी पुर्वमा २२९,स्याङ्जामा २१ ,पर्वतमा ९,बागलुङमा ८५,म्याग्दीमा ४ र मनाङमा ४ गरि कुल सक्रिय संक्रमितको संख्या ११४९ रहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको मुस्ताङ भने हालसम्म ग्रीन जोनमा रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या एकै जिल्लामा पाँच सय नाघेमा स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्नेछ । लकडाउन खुकुलो भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा कोराना संक्रमणको इपिसेन्टर बनेको छ ।